‘अल्मुताइरी राजीनामा प्रकरण’ छानविन गर्न राखेपले गठन गर्‍यो ७ सदस्यीय समिति

Read Time:2 Minute

पछिल्लो २ सातायता विवादमा तानिएका राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणको छानविन गर्न राष्ट्रिष्य खेलकुद परिषद्ले छानविन समिति गठन गरेको छ। ‘अल्मुताइरी राजीनामा प्रकरण’को छानविन राखेपले पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो।

अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले प्रमुख प्रशिक्षकबाट राजीनामा दिने फेसबुकमार्फत घोषणा गरेपछि विवाद सुरु भएको थियो । लगत्तै नेम्वाङले आफूमाथि षड्यन्त्र भएको भन्दै निष्पक्ष छानविन गर्न एन्फालाई आग्रह गरेका थिए।

सोही विवाद समाधानका लागि बसेको एन्फका आकस्मिक कार्यसमिति बैठकले विवाद छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अग्रह गरेको थियो। मन्त्रालयले सोमबार बेलुकका मात्र ‘अल्मुताइरी राजीनामा प्रकरण’को छानविन गरी प्रतिवेदन बुझाउन राखेपलाई निर्देशन दिएको थियो।

सोही निर्देशन बमोमिज राखेपले ७ सदस्यीय ‘विवाद समाधान समिति’ गठन गरेको हो। राखेपले छानविन समितिको सचिव सरोजकुमार पोखरेललाई बनाएको छ । यस्तै, अन्य सदस्यमा रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, अर्जुन विक र नारायणराज अर्याल छन्।

७ दिनभित्र सत्य तथ्य छानविन गरी प्रतिवेदन बुझाउन राखेपले समितिलाई निर्देशन दिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेक्सिकोलाई हराउँदै ब्राजिल ओलम्पिक फुटबलको फाइनलमा
Next post ज्ञानेन्द्र मल्ल भन्छन्– पारस तपाईंबाट क्रिकेट टिममात्र होइन, लाखौं नेपाली ‘इन्स्पायर’ छन्
Close