आफ्नो भनाइको गलत ब्याख्या भएको भन्दै अल्मुताइरीले मागे माफी

Read Time:2 मिनेट

पछिल्लो दुई साता यता विवादमा मुछिएका नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन्। अलमुताइरीले सोमबार फेसबुकमा स्टाटस लेख्दै माफी मागेका हुन् ।

उनले अन्तर्वार्ताका क्रममा आफूले भनेका कुराको लगत व्याख्या गरिएको पनि उनले उल्लेख गरेका छन्। माफी मागेपनि उनले आफ्नो गल्ती भने स्वीकारेका छैनन्, बरु गलत बुझिएको आरोप लगाउँदै चोखिन खोजेका छन्।

उनले भनेका छन्, ‘सबै नेपाली र विशेषगरी मलाई गलत बुझ्ने सबै पूर्व खेलाडी र प्रशिक्षकहरुसँग माफी माग्न चाहन्छु। नेपाली राष्ट्रिय टिमप्रति मेरो सम्मान छ।’

‘गत महिना मैले दिएको अन्र्तवार्तामा भनेका कुरालाई लिएर माफी माग्न चाहन्छु। मैले केही विषयमा कुराकानी गरेको थिएँ’, उनले लेखेका छन्, ‘तर, ति विषयमा मैले त्योभन्दा राम्रोसँग व्याख्या गर्न सक्थेँ।’

प्रशिक्षक अलमुताइरीले नेपालीको राष्ट्रिय टिम र खेलाडीका बारेमा कुरा गर्दा आफूले पछिल्लो तीन दशकमा एसियाली राष्ट्रले फुटबलमा गरेका विकाससँग जोडेर बताउन चाहेको, तर त्यसको गलत व्याख्या भएको बताएका छन्। ‘मैले भनेका कुराहरुको गलत व्याख्या गरियो र बुझियो। म त्यसका लागि माफि माग्न चाहन्छु,’ अलमुताइरीले खेलेका छन्।

मुख्य प्रशिक्षक अल्मुताइरी पछिल्लो समय विभिन्न कारणले विवादमा मुछिइरहेका छन्। अन्र्तवार्तामा नेपाली फुटबल इतिहासको अपमान हुनेगरि दिएको प्रतिक्रियाका कारण उनको आलोचना गर्ने बढेका थिए।

त्यसबाहेक उनी एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई दोष दिँदै फेसबुकमार्फत् राजीनामा दिने घोषणाका कारण पनि विवादमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपालका सुदीपराज गौतम विश्व र्‍याफ्टिङ महासंघको सदस्यमा चयन
Next post विश्वच्याम्पियन अमेरिकालाई हराउँदै क्यानडा महिला फुटबलको फाइनलमा
Close