मोराटा चम्किँदा युभेन्ट्स विजयी

स्पेनिस स्ट्राइकरको अल्भारो मोराटाले उत्केउष्ट प्रदर्शन मद्दतमा इटालियन सिरि एमा युभेन्ट्स विजयी भएको छ । शनिबार राति मोराटले दुई गोल गरेपछि युभेन्ट्सले लाजियोविरुद्ध ३–१को पुनरागमन जित निकालेको हो।

लाजियोको मैदानमा भएको खेलमा मोराटाले दुई गोल गरे भने अर्को गोल एड्रिन राबिओटले गरे । लाजियोका जोआकिन कोरेअले गरेका थिए। खेलमा दुवै हाफमा समान २ गोल भएका थिए।

घरेलु मैदानमा लाजियोमा जोआकिन कोरेअले गोल गर्दा युभेन्ट्स १४औं मिनेटमा पछि परेको थियो । तर, ३९औं मिनेटमा मोराटाको एड्रिन राबिओटले युभेन्ट्सका लागि बराबरी गोल फर्काए। पहिलो हाफ १–१को बराबरीमै सकियो।

दोस्रो हाफमा युभेन्ट्सका लागि मोराटाले दुई गोल गरे । ५७ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । त्यसपछि ६० औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई ३–१ को जित दिलाए ।

जितपति तेस्रो स्थानको युभेन्ट्सले २५ खेलमा ५२ अंक जोडेको छ र दोस्रो स्थानको एसी मिलानसँग अंकदूरी १ मा झारेको छ । समान खेलबाट ५३ अंकसहित मिलान दोस्रो स्थानमा छ । शीर्ष स्थानको इन्टर भन्दा युभेन्ट्स अझै ७ अंकले पछि छ । ५३ खेलबाट ५९ अंकसहित इन्टर शीर्ष स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.