अमेरिका र मेक्सिको विश्वकपमा छनोट

Read Time:2 Minute

अमेरिका र मेक्सिको फिफा विश्वकप २०२२ का लागि छनोट भएका छन्। उत्तर अमेरिका छनोटको अन्तिम खेलमा कोस्टारिकासँग २–० गोलले पराजित हुनुका बावजुद अमेरिका विश्वकपमा छनोट हुन सफल भएको हो।

कोस्टारिकालाई जित दिलाउन भर्गास र एन्थोनीले एक एक गोल गरे । हारको बाबजुत अमेरिका १४ खेलमा २५ अंक जोडेर तेस्रो स्थानमा रहदै विश्वकपमा पुगेको हो । कोस्टारिका २५ अंक जोडेर चौंथो स्थानमा रह्यो ।

यता मेक्सिकोले अन्तिम खेलमा एल साल्भाडोरलाई २–० गोलले पराजित गरेर विश्वकपमा स्थान बनायो। खेलको १७ औं मिनेटमा उरिएल अन्टुनाले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४३ औं मिनेटमा राउल जेमिनेजले पेनाल्टीबाट गोल गर्दै मक्सिकोलाई २(० को जित दिलाए ।

उत्तर अमेरिका छनोटबाट यसअघि क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेको छ। कोस्टारिकाले अब अन्तर महादेशीय प्ले अफमा न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

योसँगै विश्वकपमा २९ टिमले स्थान पक्का गरेका छन्। अब युरोपबाट एक टिम र अन्तरमहादेशीय प्लेअफबाट दुई टिम विश्वकपमा छनोट हुनेछन्। अन्तरमहादेशीय प्लेअफ आगामी जुनमा हुनेछ।

विश्वकपमा छनोट भएका टिम

कतार, जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड, ब्राजिल, अर्जेन्टिना, इक्वेइडर, उरूग्वे, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरून, क्यानडा, मेक्सिको, अमेरिका ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पपुवा न्युगिनीसँग खेल्दै नेपाल, नजर फाइनलतर्फ
Next post दीपेन्द्र र अदिलको विस्फोटक ब्याटिङमा नेपालले पिएनजीलाई दियो २०४ रनको विशाल लक्ष्य
Close