पोखरामा अनन्त तामाङ सम्मानित, पाए ‘सर्वोत्कृष्ट खेलाडी सम्मान’

Read Time:1 Minute

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ पोखरामा सम्माति नभएका छन् । अनन्तलाई बिहीबार सहारा क्लब पोखराले ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७९’ बाट सम्मान गरेको हो ।

नेपाली फुटबललाई पु¥याएको योगदानको कदर गर्दै सहारा क्लबले अनन्तलाई सम्मान गरेको हो। आहा–रारा पोखरा गोल्डकपको उद्घाटनका अवसरमा उनलाई ५० हजार ५ रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

सहाराले हरेक वर्ष राष्ट्रिय खेलाडीलाई सम्मान गर्दै आएको छ। यसअघि यो सम्मानबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट सम्मानित भइसकेका छन्।

एन्फा एकेडेमीका उत्पादन २४ वर्षीय अनन्त सन् २०१४ देखि नेपाली राष्ट्रिय टिमका नियमित सदस्य हुन्। त्यसयता उनले नेपालका लागि ४३ खेल खेल्दै २ गोल गरेका छन्। उनी इन्डियन सुपर लिग खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् । उनले गत सिरिज इस्ट बंगालबाट सुपर लिग खेलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली महिला टिम बिच भलिबलको फाइनलमा, आजै उपाधिका लागि श्रीलंकासँग खेल्ने
Next post सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा
Close