ए डिभिजन लिगमा बढुवा भएको पहिलो सिजन नै चर्च बोइज युनाइटेड लिग च्याम्पियन बनेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै चर्च बोइज च्याम्पियन बनेको छ।
चर्च बोइज च्याम्पियन बनाएपछि कप्तान अनन्त तामाङले करिअरकै पहिलो उपाधि जित्न पाउँदा अत्यन्तै खुशी भएको बताएका छन्। अझ कप्तानका रुपमा उपाधि जित्न पाउँदा त्योभन्दा खुसी लागेको बताए।
नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य पनि रहेका अनन्त यसैसिजन थ्री स्टार छाड्दै चर्च बोइजमा आबद्ध भएका हुन्।
‘मेरो जीवनको पहिलो लिग उपाधि हो। यो उपाधिले खुसी लागिरहेको छ। मैले लिग जित्ने देखेको थिएँ, आज जितियो त्यसले धेरै खुसी लागेको छ,’ उपाधि जितेपछि उनले भने। पहिलो उपाधिको विशेष अर्थ हुने उनले बताए।
यस्तै, उनले रेलिगेजन जोनमा रहेको आफ्नै पूर्वटिम थ्री स्टारलाई रोक्दो उपाधि जित्दा केही दुःख लागेको बताए। यो बराबरीले थ्री स्टार अझै रेलिगेसनको खतरामुक्त हुन सकेको छैन। उनले भने, ‘आफूले लामो समय खेलेको क्लब तालिकामा तल रहँदा दुख लागेको छ।’
अहिले लिगको उपाधि जिते पनि उसले अब एएफसी कपको छनोट भने खेल्न पाउने छैन। नेपालको लिगको शीर्षस्थानमा रहने क्लबले एसिया महादेशको तेस्रो वरियताको महादेसीय लिगको छनोट खेल्न पाउँछ। तर त्यसको लागि उसले एएफसी लाइेन्स लिनु पर्नेहुन्छ।
उनले एएफसी कप खेल्न नपउँदा दुःख लागेको बताए। उनले क्लब व्यवस्थापकका लागि एउटा पाठ भएको पनि बताए।
लिग अवधिमा लिग दुःख र सुख दुवै अनुभव संगालेको अन्नतले बताए। ‘लिग अवधिमा दुःख पनि थियो, खुसीको मोमेन्टहरु पनि थियो। प्रशिक्षक नहुँदा गाह्रो भयो। बालगोपाल सर आएपछि हामी ट्राकमा ब्याक भएको हो । हामी एकदमै एक्साइटेड थियौं।’