फ्र्यांकफर्टका सिल्भा लेइपजिगमा, बार्सिलोनाका ट्रिनकाओ वुल्भ्समा

दुई पोर्चुगिज स्ट्राइकर आन्द्रे सिल्भा र फ्रान्सिस्को ट्रिन्काओ आगामी सिजनका लागि नया क्लबमा अनुबन्धन भएका छन् । जर्मन क्लब फ्र्यांकफर्टका स्ट्राइकर सिल्भा अर्को बुन्डेस लिगा क्लब आरबी लेइपजिगमा आबद्ध भएका हुँदा स्पेनिस क्लब बार्सिलोनाका युवा स्ट्राइकर ट्रिन्काओ इंग्लिस क्लब वुल्भ्समा आबद्ध भएका छन्।

अघिल्लो सिजन फ्र्यांकफर्टबाट उत्कृष्ट प्रर्दशन गरेका सिल्भा ४० मिलियन युरोमा लेइपजिगमा आबद्ध भएका हुन् । २५ वर्षीय सिल्भाले लेइपजिगसँग ५ वर्षको सम्झौता गरेका छन्

गत सिजन उत्कृष्ट लयमा रहेका उनले ३२ खेलमा २८ गोल गरेका थिए । सन् २०१९मा एसी मिलानबाट लोनमा फ्र्यांकफर्ट आएका उनले अघिल्लो सिजनमात्र स्थायी अनुबन्धन गरेका थिए । फ्र्यांकफर्टबाट ७५ खेल खेल्दै ४५ गोल गरेका थिए ।

पोर्चुगिज टिमका नियमित सदस्य सिल्भाले ४२ खेलमा १६ गोल गरेका थिए ।

यसैगरी इंग्लिस क्लब वुल्भ्सले बार्सिलेनाका पोर्चुगिज युवा स्ट्राइकर ट्रिन्काओलाई अनुबन्धन गरेको छ । वुल्भ्सले २१ वर्षीय स्ट्राइकरलाई १ वर्षका लागि लोनमा अनुबन्धन गरेको हो। उनी गत सिजन मात्र पोर्चुगल क्लब ब्रागबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाबाट ४२ खेल खेल्दै ३ गोल गरेका छन्।

वुल्भ्सको टिममा अहिले आधाभन्दा बढी पोर्चुगिज खेलाडी छ। वुल्भ्समा अहिले पोर्चुगलबा १० खेलाडी छन्।

Facebook Comments Box