युभेन्ट्स फर्किए पिर्लो

युभेन्ट्सका महान खेलाडी आन्द्रे पिर्लो पूर्वक्लब फर्किका छन् । खेलाडीका रुपमा ४ वर्ष युभेन्ट्समा बिताएका पिर्लो प्रशिक्षकका रुपमा युभेन्ट्स फर्किएका हुन् ।

पिर्लोले युभेन्ट्सको यू–२३ टिम सम्हाल्ने छन् । सन् २०१७ खेलाडी जीवनबाट सन्नयास लिएका उनी पहिलो पटक प्रशिक्षक करिअर सुरु गर्न लागेका हुन् ।

इटालीका पूर्वमिडफिल्डर समेत रहेका पिर्लोले बिहीबारबाट नियुक्ति पाएका हुन् । उनले युभेन्ट्ससँग ५ वर्षको सम्झौता गरेका छन् । आफ्ना पूर्वखेलाडी पिर्लोलाई युभेन्ट्स प्रशिक्षकको रुपमा फर्काउन सफल भएको हो । ४१ वर्षीय पिर्लोले सन् २०१५ मा युभेन्ट्स छाडेका थिए ।

युभेन्टसमा उनले १६४ खेल खेल्दै १९ गोल गरेका छन् । युभेन्ट्सबाट उनले ४ सिरि ए, १ कोपा इटालियान र १ सुपर कोपा डे स्पाना जितेका छन् ।

पिर्लोले युभेन्ट्सका अलावा एसी मिलान, इन्टर मिलान, ब्रेसियाबाट पनि खेलेका छन् । उनले एसी मिलानबाट २ च्याम्पियन्स, २ सिरिए, युइएफए सुपरकप, क्लब विश्वकपलगायत उपाधि जितेका छन् । उनले फुटबल करिअरको अन्त्य अमेरिकाका न्युयोर्क सिटीबाट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP