बर्खास्तीमा परे आन्द्रे पिर्लो, युभेन्ट्सको नयाँ प्रशिक्षकमा एलेग्री

इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक आद्रे पिर्लोलाई बर्खास्त गरेको छ। यो सिजन खराब प्रदर्शन गरेपछि युभेन्ट्सले मुख्य प्रशिक्षक पिर्लोलाई बर्खास्त गरेको हो।

यो सिजन युभेन्ट्स ९ वर्षपछि सिरिए उपाधि जित्न असफल भएको थियो । उसले लिग चौथो स्थानमा सकाएको थियो ।

अघिल्लो सिजनको सुरुवातमा माउरिसियो सारीलाई बखास्र्त गर्दै युभेन्ट्सले पिर्लोलाई मुख्य प्रशिक्षक बनाएको थियो ।

पिर्लोको प्रशिक्षणमा युभेन्ट्सले ५२ खेल खेल्यो, त्यसमा ३४ जित, १० बराबरी र ८ हारको सामाना ग¥यो । पिर्लोको प्रशिक्षमा युभेन्ट्सले कोपा इटालिया र सुपर कोपा इटालियानाको उपाधि जित्यो ।

पिर्लोर्लो बर्खास्त गरेसँगै युभेन्ट्सले प्रशिक्षकका रुपमा पुनः मासिमिलिआनो एलेग्रीलाई नै फर्काएको छ। एलेग्रीले सन् २०१९मा युभेन्ट्स छाडेका थिए । त्यसयता क्लबले निरन्तार खराब प्रदर्शन गरेपछि युभेन्ट्सले एलेग्रीलाई फर्काएको हो।

Facebook Comments Box