तत्काल कार्यसमिति बैठक बोलाउन एन्फका तीन उपाध्यक्षको माग

Read Time:1 मिनेट

अखिल नेपाल फुटबल संघ एन्फाका तीन उपाध्यक्ष र एक सदस्यसहित चार जनाले तत्काल कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रिय सदस्य दावा लामाले बैठक माग गरेका हुन् ।

खेलाडी र प्रशिक्षकको विवाद अत्यन्त संवेदनशील विषय भएको भन्दै उनीहरुले तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने बताएका छन् ।

यो विषयमा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गर्ने कुरा भए पनि भेट नभएपछि एन्फामा पत्र नै दर्ता गरेको वरिष्ठ उपाध्यक्ष पंकजले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विकेश कुथुले बहिष्कार गरे राष्ट्रिय टिमको बन्द प्रशिक्षण
Next post एमबाप्पेले दुई गोल गर्दा पनि रोकियो पिएसजी
Close