असन्तुष्ट खेलाडी र खेलाडी संघले एन्फालाई बुझाए पत्र

Read Time:1 मिनेट

अखिल नेपाल फुटबल संघ (एन्फा) मातहतको खेलाडी संघले राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले बन्द प्रशिक्षण क्याम्प छाड्नुपरेको घटनाको निश्पक्ष छानविन गर्न माग गरेको छ ।

अघिल्लो साताको बुधबार प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको व्यवहारप्रति प्रश्न उठाउँदै सिनियर १० खेलाडीले प्रशिक्षण क्याम्प छाडेका थिए ।

सोही घटनामा आफ्नो धारणा राखिसकेको खेलाडी संघले सोमबार वक्तव्यमार्फत अनुसन्धानको माग गरेको हो । ‘खेलाडीहरुमागि सार्वजनिक रुपमा झूठो आरोप लगाएर मान मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिने र कमद चाल्ने व्यक्तिहरु खेलाडीमात्र नभएर समग्र फुटबल विकासका बाधक हुन्,’ संघका नवनियुक्त अध्यक्ष विक्रम लामाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘एन्फाले यस विषयमा उचित छानविन गरेर दोषीलाई कारबाही गरोस भन्ने हामीले माग राखेका छौं ।’

बिहीहीबार खेलाडीले पत्रकार सम्मेलन गर्दा खेलाडी संघका अध्यक्ष लामा पनि उपस्थित थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल र जिम्बाबेबीचका दोस्रो टि–२० वर्षाका कारण रद्द
Next post How Universal Design Can Inform Inclusive Fashion
Close