लिग अयोजनाका लागि एन्फाले राखेपासँग माग्यो ६ करोड

Read Time:1 Minute

अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग फुटबल आयोजना लागि राष्ट्रिय खेलकुद परिषद्सँग सहयोग मागेको छ। एन्फाले राखेपलाई पत्र लेख्दै लिग आयोजनाका लागि ६ करोड रुपैयाँ उपलब्ध गराउन माग गरेको हो।

एक्लै लिग आयोजना गर्न सक्ने भन्दै एन्फाले राखेपसँग आर्थिक सहयोगको माग गरेको हो। लिग सञ्चालनका लागि १८ लाखबढी खर्च लाग्ने अनुमान गर्दै त्यसमध्ये ६ करोड रुपैयाँ एन्फाले राखेपसँग माग गरेको हो।

राखेपलाई पत्र लेख्दै एन्फाले भनेको छ, ‘एन्फाको एक्लो प्रयासले लिग फुटबल आयोजना गर्न सक्ने अवस्था छैन । राखेप, खेलकुद मन्त्रालय र नेपाल सरकार मार्फत् ए डिभिजन लिगका लागि ३ करोड, बि डिभिजन लिगका लागि २ करोड र सि डिभिजन लिगका लागि १ करोड गरी जम्मा ६ करोड रुपैयाँ बजेट व्यवस्था गरि नेपालको फुटबल खेलको विकासमा सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु ।’

एन्फाले मेरुदण्डको रुपमा रहेको शहीद स्मारक ए, बि र सि डिभिजन लिग आयोजना गर्न ठूलो धनराशी खर्चदै आएको र सहभागी क्लबहरुको तर्फबाट पनि करोडौं रुपैयाँ लगानी हुँदै आएको तर त्यसले मात्र अपुग भएकाले रकम माग्नु परेको स्पष्ट पारेको छ ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भारतमाथि बंगलादेशकाे रोमाञ्चक जित, एक खेल अगावै जित्यो एकदिवसीय सिरिज
Next post फेरि फ्लप भयो नेपालको ब्याटिङ, स्कटल्यान्डविरुद्ध ११९ रनमै अलआउट
Close