एसियन कप छनोट खेल्ने महिला टोलीको बिदाई, आजै उज्वेकिस्तान जाने

Read Time:1 Minute

एएफसी वुमन्स एसियन कप छनोट खेल्ने नेपाली महिला टिमको बिदाई गरिएको छ। वुमन्स एसियन कप छनोट खेल्ने उज्वेकिस्तान जान लागेको नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक कार्यक्रम गर्दै बिदाई गरेको हो।

एसियन कप छनोट नेपाली महिला टिम आजै राति उज्बेकिस्तान जाने छ। २२ सदस्यीय खेलाडीसहित टोली उज्बेकिस्तान जाने छ।

एसियन कप छनोट खेल्न उज्वेकिस्तान जानुअघि नेपालले एक महिना बन्द प्रशिक्षण गरेको थियो भने दरशथ रंगशालामा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेलेको थियो।

एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। योसमूहमा नेपालसँगै फिलिपिन्स र हङकङ छन्।

नेपालले फिलिपिन्ससँग खेल्दै एसियन कप छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ। यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग खेल्नेछ ।

समूहम शीर्ष स्थान हाँसिल गर्ने टिमले सन् २०२२मा भारतमा हुने एएफसी वुमन्स एसियन कप खेल्ने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टस हारेर अमेरिकाविरूद्ध बलिङ गर्दै नेपाल
Next post ४१ ओभरमा ५ विकेट गुमाएर ब्याटिङ गर्दै अमेरिका
Close