दुर्घटनामा आँखा गुमाएकी फुटबलरलाई एन्फाको सहयोग

दुर्घटनाामा परेर आँखा गुमाएकी महिला फुटबलर समीक्षा थापा मगरलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक सहयोग गरेको छ । विराटनगरस्थित आँखा अस्पतालमा उपचार गराइरहेकी समीक्षालाई एन्फाले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उदयपुरस्थित घरमा खेतमा काम गर्ने क्रममा आँखामा ढुंगाले लाग्दा यू–१६ टिमकी सदस्य समीक्षाको दाहिने आँखामा चोट लागेको थियो । आँखामा संक्रमण फैलिएकाले उनको आँखाको सल्यक्रिया गर्न नसकिएको बताइएको छ । उनको आँखाको ज्यति फर्कान असम्भव भएको अस्तापलले जनाएको छ ।

एन्फा सहायक महासचिव वसन्त अर्यालले समिक्षाको परिवारलाई सहयोग रकम शुक्रबार हस्तान्तरण गरेका थिए । समीक्षाले एन्फाले आयोजना गरेको क्विक्स कप फुटबल समेत खेलेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *