साफ च्याम्पियनसिप नेपालमै आयोजना गर्ने एन्फाको तयारी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपालमै आयोजना गर्ने तयारी गरेको छ। बंगलादेशले आयोजकबाट नाम फिर्ता लिएपछि एन्फाले प्रतियोगिता आयोजनाको तयारी थालेको हो।

१३औं संस्करणको साफा चाम्पियनसिप ओजनाको जिम्मा पाएको बंगलादेशले कोभिड १९, प्रायोजक अभाव र बंगबन्धु अन्तर्राष्ट्रिय रंगशाला पुनःनिर्माण गर्नुभएकाले प्रतियोगिताको आयोजकबाट झिकेको हो।

साफ च्याम्पियनसिप आयोजनाका लागि नेपालसँगै श्रीलंकाले पनि चासो देखाएको छ। प्रतियोगिता आयोजनाका लागि सेप्टेम्बर १४ देखि २५ मिति तय गरिएको छ।

प्रतियोगिता आयोजनाका लागि दाबी प्रस्तुत गरेसँगै एन्फाले आवश्यक तयारी पनि थालेको छ। प्रतियोगिता आयोजनाका लागि एन्फाले सरकारसँग तीन करोड ५० लाख रुपैयाँ माग गरेको छ।

सरकारले बजेट उपलब्ध गराए एक करोड ५० लाख रुपैयाँ प्रायोजक र प्रत्यक्ष प्रशारणबाट जुटाएर प्रतियोगिता आयोजना गर्ने लक्ष्य एन्फाको छ।

दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता साफ नेपालले अहिलेसम्म जित्न सकेको छैन । नेपालको सफलता सेमिफाइनल पुग्नु हो।

Facebook Comments Box