ए डिभिजन क्लबसँगको एन्फाको छलफल स्थगित

Read Time:1 मिनेट

नेपाल सुपर लिगका विषयमा उत्पन्न विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बोलाएको ए डिभिजन क्लबसँग छलफल स्थागित भएको छ। एन्फाले ए डिभिजन क्लबलाई इमेलमार्फत पत्र पठाउँदै छलफल स्थागित भएको जनाएको छ।

एन्फा महासचिव किरण राईले आइतबारका तय भएको छलफल आफू स्वस्थ भएकाले ए डिभिजन क्लबहरुसँगको छलफल स्थागित भएको जानकारी दिए । यसअघि शुक्रबारका लागि बोलाइएको छलफल पनि स्थगित गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङले एजेण्डा सहितको बैठक राख्न सकेका छैनन् । एजेण्डा सहित राखिएको पहिलो बैठक सुरु भएको केहीबेरमै विवाद बढेपछि स्थगित गरिएको थियो ।

संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्य नियुक्तिको दाउपेचमा लागेपछि फुटबल गतिविधिका एजेण्डा अलपत्र छन् । एन्फाको नयाँ टिमले फुटबलको क्यालेन्डर सार्वजनिक गर्न सकेको छैन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उपाधि जित्ने लक्ष्य बनाएको नेपाली युवा टिम भारतसँग भिड्दै
Next post एकदिवसीय र टि–२० सिरिज खेल्न केन्याको प्रस्ताव
Close