
एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले जनाएको छ ।
बिहान ११ः३० बजे बस्ने भनिएकको बैठकमा एजेण्डामा छलफल हुने बताइएको छ ।
यसअघि एन्फाको कार्यसमिति बैठक पुस २२ गते बसेको थियो ।