एन्फा प्रेसिडेन्ट लिगको उपाधि स्टार सिटीलाई

सुदूरपश्चिम प्रदेश च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिगको उपाधि हात पारेको छ । नेपालगञ्जमा शुक्रबार भएकाे खेलमा मनकामना युवा क्लब रौतहटले त्रिवेणी युवा क्लब लमजुङलाई २–१ ले हराएपछि एक खेल अगावै स्टार सिटी च्याम्पियन बनेको हो ।

खेलको नवौं मिनेटमा शुवम बस्नेतले गोल गर्दै मनकामनालाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा अभिसेख लिम्बुले गोल गर्दै त्रिवेणीलाई बराबरीमा ल्याए । ५८औं मिनेटमा शुवमले नै व्यक्तिगत गोल गर्दै मनकामनालाई जित दिलाए ।

यो नतिजासँगै ५ खेलबाट १३ अंक जोडेको स्टार सिटी लिग च्याम्पियन बन्ने पक्का भएको हो । उसले अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । यो खेलको जस्तो नतिजा आए पनि स्टारसिटी शीर्ष स्थानमै रहन्छ ।

दोस्रो स्थानको त्रिवेणीले ५ खेलबाट ९ अंक जोडेको छ । मनकामनाको समान खेलबाट ६ अंक छ । लिग विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्टले जनही २५ हजार प्राप्त गर्नेछन् । लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिगमा स्थान बनाउने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.