फुटबल विकासका लागि एन्फाले गर्‍यो साउदी अरेबियासँग

SHARE TO:
Read Time:1 Minute

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलको विकासका लागि साउदी अरेबियासँग सम्झौता गरेको छ। साउदी अरेबियन फुटबल फेडेरेसन (साफ)का यासेर अलमिसेहालको नेपाल भ्रमणका अवसरलेमा दुई पक्षबीच सम्झौता भएको हो।

दुवै पक्षबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले हस्ताक्षर गरेका थिए।

सम्झौतापछि दुवै देशले फुटबल गतिविधिका लागि एक–अर्कालाई आथित्यता प्रदान गर्नेछन् । यस्तै दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूहका ट्रेनिङ क्याम्पहरू पनि सञ्चालन हुनेछ।

एन्फा र साफबीच रेफ्री विकास, रेफ्री शिक्षा, भीएआर सीप र विभिन्न प्रतियोगितामा रेफ्री नियुक्तिसम्बन्धी कार्यक्रमहरू आदानप्रदान हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

यसैगरी युवा फुटबलको विकासमा विशेषज्ञता स्रोत साझेदारीलाई समर्थन र प्रोत्साहन गर्न विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू पनि सञ्चालन गरिनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post समूहचणमा पुलिसकाे शतप्रतिशत जित, प्रदेश १ जितबिहीन
Next post एएफसी कप छनाेटमा मछिन्द्रको प्रतिस्पर्धी श्रीलंकाको ब्लु स्टार
Close