इंग्लिस क्लब टोटनहमले नयाँ प्रशिक्षक नियुक्त गरेको छ। टोटनहमले स्कटिस क्लब सेल्सिटका अस्ट्रेलियन प्रशिक्षक एन्ज पोस्टेकोग्लुलाई नयाँ प्रशिक्षक बनाएको हो।
५७ वर्षीय पोस्टेकोग्लुलाई टोटनहमले मंगलबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो। पोस्टेकोग्लुले टोटनहमसँग ४ वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२७ सम्म टोटनहममा रहने छन्।
पोस्टेकोग्लुको प्रशिक्षणमा सेल्टिकले पछिल्लो समय निकै उत्कृष्ट प्रदर्शन गरेको थियो । उनको प्रशिक्षणमा सेल्टिकले घरेलु फुटबलमा लिगसहित तीन उपाधि जितेको थियो। यस्तै, सेल्टिकले च्याम्पियन्स लिग पनि खेलेको थियो।
टोटनहममा पोस्टेकोग्लुले एन्टोनियो कोन्टेको स्थान लिने छन्। गत मार्चमा कोन्टले राजीनामा दिएपछि टोटनहम केयरटेकर प्रशिक्षकले सम्हाल्दै आएका थिए।
अस्ट्रेलियाको राष्ट्रिय टिमबाट पनि खेलेका पोस्टेकोग्लुले अस्ट्रेलियन टिममा सन् २०१३ देखि २०१७ सम्मा मुख्य प्रशिक्षकका रुपमा काम गरेका थिए। त्यस्तै उनी जापानिज क्लब योकोहामाको प्रशिक्षक बनेका थिए।