डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी

Read Time:1 Minute

सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ । शनिबार बिहान भएको खलमा एन्जेल डि मारियाको निर्णायक गोल मद्दतमा अर्जेन्टिनाले उरुग्वेमा १(० को जित निकाल्यो ।

प्रतिस्पर्धात्मक खेलमा सातौं मिनेटमै डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले पाउलो डिबलाको पासमा गोल गरेका थिए।

खेलमा बलमा पटक बनाए पनि दबाब भने उरुग्वेले दिएको थियो । ६५ प्रतिशत बल पोजेनस बनाएको अर्जेन्टिनाले ७ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो भने उरुग्वेले १९ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

यस्तै अर्को खेलमा पेरु विजयी भएको छ । शनिबार बिहान नै भएको खेलमा पेरुले बोलिभियामाथि ३०को जित निकाल्यो। उसका जिआनलुका लापाडुला, क्रिस्टियन कुएभा र सर्जियो पेनाले गोल गरेका थिए।

जितपछि अर्जेन्टिना १२ खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । उरुग्वे १६ अंकसहित छैटौं स्थानमा छ । यता, पेरु १४ अंकसहित सातौं स्थानमा छ भने बोभिया १२ अंकसहित नवौं स्थानमा छ।

दक्षिण अमेरिकाबाट ब्राजिल विश्वकपका लागि छनोट भइसकेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली टेनिस खेलाडी अभिलाषाको जोडीले पाकिस्तानमा जित्यो स्वर्ण
Next post जर्जिन्होले पेनाल्टी चुकाउँदा स्वीट्जरल्यान्डसँग रोकियो इटाली
Close