अन्जनले साफ च्याम्पियनसिपको फाइनल गुमाउने

स्ट्राइकर अन्जन विष्टले साफ च्याम्पियनसिपको फाइनले गुमाउने भएका छन्। नेपाली सबैभन्दा फर्ममा रहेका स्ट्राइकर अन्जनविनै नेपाली टिम साफ च्याम्पियनसिपको उपाधिका लागि भारतसँग खेल्ने छ।

भारत र बंगलादेशविरुद्धको खेलमा लगातार पहेँलो कार्ड पाएकाले अन्जनले भारतविरुद्धको साफ च्याम्पियनसिप फाइनल गुमाउने भएका हुन्। अन्जनले जारी प्रतियोगितामा २ गोल गरेका छन्। उनले श्रीलंका र बंगलादेशविरुद्ध गोल गरेका थिए।

पहिलो पटक फाइनलमा पुगेको नेपालले उपाधिका लागि आज साँझ ८ः४५ बजे मालेस्थित राष्ट्रिय रंगशालामा भारतको सामाना गर्ने छ । भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ।

Facebook Comments Box