आई लिग खेल्न भारत लागे अञ्जन विष्ट

Read Time:2 Minute

नेपाली राष्ट्रिय फुटबल टिमक स्टार स्ट्रार अञ्जन विष्ट भारतमा व्यवसायिक फुटबल खेल्न भारत प्रस्थान गरेका छन् । आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा आबद्ध भएका अजञ्न आज बेलुका भारत प्रस्थान गरेका हुन्।

मुम्बईको केन्क्रेले अञ्जनलाई शुक्रबारमात्र एक सिजनका लागि अनुबन्धन गरेको थियो। नेपाली राष्ट्रिय टिमबाट ५२ खेल खेल्दै ११ गोल गरेका अञ्जन पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्।

नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर अञ्जन करिब एक महिनाअघि मनाङ मर्स्याङ्दी क्लब छाड्ने यसैसिजन ए डिभिजन लिगमा बढुवा भएको चर्च बोइज क्लबमा आबद्ध भएका थिए। चर्च बोइजको सहमति मै अञ्जन भारत गएका हुन्।

रेलिगेशन जोनमा रहेको केन्क्रे एफसीले लिगको मध्यतिर अञ्जनलाई अनुबन्धन गरेको हो। लिगमा मार्चमा सकिएपछि अञ्जनले चर्च बोइजबाट ए डिभिजन लिग खेल्ने छन्।

चर्च बोइजले लिगका लागि राष्ट्रिय टिमका स्टार खेलाडीहरु अञ्जनसहित अनन्त तामाङ, दिनेश राजवंशी, तेज तामाङ, एरिक विष्टलगायतलाई अनुबन्धन गरेको थियो । तर, लिग सुरु नहुँदै दिनेश र तेज अस्ट्रेलिया लागेपछि उसलाई दबाब भएको छ।

आई लिगमा मुम्बई केन्क्रे १२ खेलमा २ जितसहित १० अंकमात्र जोडेको छ । उ पुछारबाट दोस्रो स्थानमा छ।

नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ पनि आई लिग खेलिरहेका छन्। ११ खेलमा २३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। १२ खेलमा २५ अंक जोडेको श्रीनिदि डेकन शीर्ष स्थानमा छ।

Happy
Happy
83 %
Sad
Sad
0 %
Excited
Excited
11 %
Sleepy
Sleepy
3 %
Angry
Angry
0 %
Surprise
Surprise
3 %
Previous post प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले जित्यो पिएम कपको उपाधि, कविता सर्वोत्कृष्ट खेलाडी
Next post लय समात्न प्रयासरत चेल्सी र लिभरपुलले खेले बराबरी
Close