गृहनगरमा अन्जन विष्ट सम्मानित

Read Time:1 Minute

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अजन्न विष्ट सम्मानित भएका छन्। साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन बिष्टलाई गृहनगर हेटौंडामा सम्मान गरिएको हो ।

सचेत नागरिक युवा समूह र सामुदायिक सेवा उपकेन्द्र तथा समुदायिक प्रहरी सेवा उपकेन्द्रले शुक्रबार हेटौंडामा एक समारोहको आयोजना गरी अञ्जनलाई सम्मान गरेका हुन् ।

सम्मान ग्रहण गरेपछि अञ्जनले आफ्नो घरआँगनमा यस्तो सम्मान पाउँदा आफूलाई खुशी लागेको बताए । उनले यस्तो सम्मानले खेलाडीको हौसला र आत्मविश्वास अझै बढ्ने धारणा राखे ।

गत साता माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलमा पुग्दै नेपाल उपविजेता बनेको थियो । प्रतियोगितामा अञ्जनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । लगातार दुई खेलमा पहेंलो कार्ड पाएका कारण उनी फाइनलमा खेल्न भने पाएनन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नामिबिया पहिलो पटक टि–२० विश्वकपको सुपर १२मा
Next post टि–२० विश्वकपमा आजबाट सुपर १२ खेल सुरु हुँदै
Close