अञ्जन बने झापाका मार्की खेलाडी

Read Time:2 Minute

नेपाल सुपर लिगको नयाँ क्लब झापा एफसीले मार्की खेलाडी घोषणा गरेको छ। झापा एफसीले आइतबार एक कार्यक्रमबीच नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडी घोषणा गरेको हो।

मार्की खेलाडी सम्बन्धी सम्झौतापत्रमा अञ्जन र झापा एफसीका महासचिव सुजन गौतमले हस्ताक्षर गरे।

पहिलो संस्करणमा अञ्जन ललितपुर सिटी एफसीका मार्की खेलाडी थिए। उनको टिम प्लेअफसम्म पुगेको थियो।

क्लबको सोचबाट प्रभावित भएकाले आफूले झापा एफसी रोजेको अञ्जनले बताए। उनले क्लबका लागि सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

‘प्रतियोगितामा झापालाई बलियो टिम बनाउनेछौं, यहाँ विशेष वातावरण हुने अपेक्षा गरेको छु’, कार्यक्रममा बोल्दै अञ्जनले भने, ‘आफ्ना तर्फबाट शतप्रतिशत योगदान दिनेछु।’

मार्की खेलाडीका रुपमा झापकै खेलाडीलाई अनुबन्धन गर्ने सोच भए पनि आफूहरुको लक्ष्य नेपाली फुटबलको विकास गर्ने भएको र सोहीअनुसार अञ्जनलाई अनुबन्धन गरेको झापा एफसीका महासचिव गौतमले बताए।

‘क्लब झापाको हो, त्यसैले झापाका खेलाडी नै अनुबन्धन गर्ने सोच थियो। हाम्रो लक्ष्य नेपाली फुटबल विकास गर्ने हो। सोही अनुसार स्टार खेलाडी अञ्जनलाई रोज्यौं,’ उनले भने, ‘अक्सनमा भने झापाकै खेलाडीलाई प्राथमिकता दिन्छौं।’

झापाले अक्नसमार्फत एनएसएल खेल्ने अवसर पाएको हो । यो पटक एनएसएलमा झापासँगै इलाम र विरगञ्जका टिम पनि थपिएका छन्।

१० टिम सहभागी हुने प्रतियोगिता चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ। प्रतियोगिता काठमाडौं र पोखरामा आयोजना हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सुनिल बल लिगका सर्वोत्कृष्ट खेलाडी
Next post फुटबलमा युद्धको प्रभाव : फिफा र युईएफएको प्रतिबन्धमा रुसी फुटबल
Close