
ए डिभिजन लिगमा मनाङको कप्तानी अन्जनले गर्ने
आजबाट सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबको कप्तानी राष्ट्रिय टिमका स्ट्राइकर अन्जन विष्ट गर्ने भएका छन्। मनाङले शुक्रबार अन्जनको कप्तानीमा लिगका लागि २४ सदस्यीय टिम सार्वजनिक गरेको हो।
एक दशकयता नेपाली फुटबलमा सनसनीपूर्ण प्रदर्शन गरिरहेका नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिज, अघिल्लो सिजन मछिन्द्रलाई पहिलोपल्ट लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान गरेका एडेलाजा सोमिडे मनाङ फर्किएका छन् ।
यस्तै मनाङल् डिफेन्डर दिनेश राजवंशीसँगै मिडफिल्डर नितिन थापा र डिफेन्डर नरेन्द्र चौधरीलाई च्यासल युवा क्लबबाट भित्र्याएको छ । मनाङ र मछिन्द्रमा गरी लगातार तीनपल्ट लिग जितेका भेट्रान फरवार्ड दीपक राई, पुलिसका लेफ्ट–ब्याक प्रवेश दनुवार पनि मनाङ फर्किएका छन्।
मनाङले फ्रेन्ड्सबाट मिडफिल्डर विश्व अधिकारी र डिफेन्डर सरोज योञ्जन ल्याएको छ । यो पटक मनाङका गोलपोस्ट विशाल सुनारले सम्हाल्ने छन् । मनाङले उनलाई ब्रिगेड बोइज क्लबकाट अनुबन्धन गरेको हो।
विशेषगरी अञ्जन विष्टले राष्ट्रिय टिमबाट लगातार उत्कृष्ट प्रदर्शनसहित गोल गरिरहेका छन् । पुजन र दिनेशले पनि पाएका अवसर उपयोग गरिरहेका छन् । यसबाट मनाङ उत्साहित छ ।
मनाङको प्रशिक्षकका रुपमा आफ्नै पूर्वखेलाडी राजेन्द्र तामाङ रहेन छन्। मनाङले लिगको पहिलो खेलमा जावलाखेल युवा क्लबको सामना गर्दैछ । खेल आइतबार दिउँसो ४ः४५ बजे दशरथ रंगशालामा हुनेछ ।
मनाङको टिमः अन्जन विष्ट, अशोक बराल, विशाल सुनार विमल राना, पुजन उपरकोटी, नितिन थापा, दीनेश राजवंशी, निशान लिम्बु, दीपक राई, फ्रांकलिन क्वेटे टाला, एकराज बुढाथोकी, विश्व अधिकारी, सरोज योन्जन, नरेन्द्र चौधरी, तोपबहादुर राना, दिनेश घर्तिमगर, रुपेश केसी, प्रवेश दनुवार, आफिज ओलावाले, अडेलाजा सोमिडे, आदित्य चौधरी, प्रशान्त लामा, दयानन्द सिंह, सुजल श्रेष्ठ (जुनियर)।