अञ्जन विष्टले बंगलादेशमा व्यसायिक फुटबल खेल्ने

9 Mar, 2024

नेपाली राष्ट्रिय फुटबल टिमका स्टार स्ट्राइकर अञ्जन विष्टले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन्।

२५ वर्षीय स्ट्राइकर अञ्जनलाई फोर्टिस एफसीले अनबुन्धन गरेको बंगलादेशका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। तर, क्लबले भने आधिकारिक घोषणा गरेको छैन।

यता, क्लबका प्रशिक्षक रसिदुल इस्लामले अन्जनलाई अनुबन्ध गरेको पुष्टि गरेका छन्। उनले एक अललाइनसँग अञ्जनको आगमनले क्लबलाई फाइदा पुग्ने बताएका छन्।

विश्वकप छनोटको बहराइनविरुद्धको खेलपछि अन्जन फोर्टिस क्लबमा समावेश हुने बताइएको छ।

अञ्जनका नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले १३ गोल गरेका छन्। हरि खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गरेका छन् ।

मनाङ मर्स्याङ्दी, चर्चा बोइज युनाइटेडबाट घरेलु लिग खेलेका अञ्जनले अघिल्लो सिजन मुम्बई केन्क्रेबाट आइ लिग खेलेका थिए।

अञ्जन आबद्ध फोर्टिस एफसी बंगलादेश प्रिमियर लिगमा पाँचौं स्थानमा छ। उसले ९ खेलबाट १२ अंक जोडेको छ।

सहित १० टोली सम्मिलित लिगको अंक तालिकामा पाँचौं स्थानमा छ।