म्यान्चेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल उपाधितर्फ अग्रसर

योर्गेन क्लबको प्रशिक्षणमा लिभरपुलले पछिल्ला २ सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ । इंग्लिस प्रियिमर लिगअन्तर्गत आइतबार राति भएको खेलमा पनि लिभरपुलले सोही लयलाई निरन्तरता दियो ।

आइतबार राति एन्डफिल्डमा पाहुना टिम म्यान्चेस्टर युनाइटेडलाई २–०ले हराउँदै लिभरपुल उपाधि तर्फ अग्रसर भएको छ । यो जितसँगै शीर्ष स्थानमा १६ अंकका अग्रता बनाउँदै लिभरपुल ३० वर्षपछि प्रिमियर लिग उपाधि नजिक पुगेको हो ।

अघिल्लो सिजन पनि लिभरपुल उपाधिको एकदमै नजिक पुगेको थियो । ९९ अंक जोड्दा पनि म्यान्चेस्६र सिटीसँग १ अंकले पछि पर्दै लिभरपुल उपाधिबाट बञ्चित भएको थियो । लिभरपुलले अन्तिम पटक सन् २०८९÷९० मा इपिएल उपाधि जितेको थियो ।

जारी सिजन अपराजित रहेको लिभरपुलले २२ खेलमा २१ जित र १ बराबरी खेल्दै ६४ अंक जोडेको छ । त्यो बराबरी पनि युनाइटेडसँग नै थियो । २३ खेमला ४८ अंकका साथ सिटी दोस्रो स्थानमा छ भने ४५ अंक जोडेको लेस्टर सिटी तेस्रो स्थानमा छ ।

युनाइटेडविरुद्ध लिभरपुललाई जित दिलाउन भिर्गिल भान डाइग र मोहम्मद सलाहले गोल गरे । १४औं मिनेटमा ट्रेन्ट अलेजेन्डर अर्नोल्डको कर्नरमा भान डाइगले हेडिङमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफमै लिभरपुलले थप दुई गोल गरेको थियो । रोबर्टो फिर्मिन्होले २७ र ३५औं मिनेटमा जर्जिनियो विज्नाल्डमले गरेको गोल ‘भार’मार्फत रद्द भएको थियो ।

दोस्रो हाफको इन्जुरी समयको अन्तिममा किपर एलिन्सन बेकरको पासमा काउन्टर अट्याक्टमा सलाहले गोल गरेपछि लिभरपुलले खेल २–०ले जित्यो । योसँगै युनाइटेडले पछिल्ला १६ अवे खेलमध्ये ९ खेलमा हारको सामान ग¥यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.