अन्सु फाती अझै ६ वर्ष बार्सिलोनामा रहने

Read Time:1 Minute

युवा स्पेनिस स्ट्राइकर अन्सु फाती अझै ६ वर्ष बार्सिालेनामा रहने भएका छन्। ला मासियाका उत्पादन १८ वर्षीय फातीले बार्सिलोनासँग सन् २०२७ सम्मका लागि सम्झौता नवीकरण गरेका छन्।

युव खेलाडी फातीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै थियो । फातीसँग सम्झौता नवीकरण गर्दै बार्सिलोनाले उनको रिलिज क्लज १ विलियन युरो तोकेको छ।

सिजनको सुरुआतमा लियोनल मेसीले बार्सिलोना छाडेपछि फाती बार्सिलोनाका प्रमुख खेलाडी हुन् । यो सिजनबाट फातीले बार्सिलोनामा १० नम्बरको जर्सी लगाएका छन्। चोटका कारण लामो समय मैदान बाहिर रहेका फाती गतसाताबाट मैदान फर्किएका थिए ।

प्रशिक्षक एर्नेस्टो भाल्भेर्डेले फातीलाई बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गराएका थिए। उनी च्याम्पियन्स लिगमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी तथा स्पेनिस ला लिगामा गोल गर्ने कान्छा खेलाडी हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–२३ एसियन कप छनोटको तयारीका लागि इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल
Next post मेयर कप भेट्रान्स फुटबल शनिबारबाट, उद्घाटन खेलमा आर्मी र फेलोसिप भिड्ने
Close