घाइते भए ग्रिजम्यान, दुई खेल गुमाउने

बार्सिलोनाको फ्रेन्च स्ट्राइकर एन्टोइन ग्रिजम्यान घाइते भएका छन् । शनिबार राति भएको रियल भालाडोलिडविरुद्धका खेलमा क्रममा ग्रिजम्यान घाइते भएका हुन् ।

दायाँ मांशपेसीमा समस्या देखएिपछि भालडोलिडविरुद्ध ग्रिजम्यान दोस्रो हाफमा मैदान प्रवेश गर्न सकेनन् । उनको स्थानमा दोस्रो हाफमा लुइस सुआरेज मैदान प्रवेश गरेका थिए ।

उनको चोट सामान्य भएपनि मैदान कहिले फर्किने भन्ने टुंगो नभएको बार्सिलोनाले जनाएको छ । ‘ग्रिजम्यान तत्काल वर्तमान समय टिममा उपलब्ध हुने छैनन् । उनको चोटको विकासले उनी मैदान फर्कने बिषय निश्चित गर्नेछ,ु बार्सिलोनाले भनेको छ ।

पछिल्लो केही खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका ग्रिजम्यानले अब कम्तिमा दुई खेल गुमाउने बताइएको छ । अब ग्रिजम्यानले बुधबार राति हुने ओसासुना र १९ जुलाई हुने अलाभेसविरुद्धको खेल गुमाउने छन् । सन् २००९मा ला लिगा आबद्ध भएपछि ग्रिजम्यानले घाइते भएर ला लिगाका १ भन्दा बढी खेल गुमाएको यो पहिलो पटक हो ।

यसै सिजन एट्लेटिको मड्रिडबाट बार्सिलोनामा आबद्ध भएका ग्रिजयम्यानले ला लिगामा ३५ खेलमा ९ गोल गरेका छन् । सबै प्रतियोगितामा भने उनले ४६ खेलमा १५ गोल गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.