रोमान्स र तनावले भरिएको लन्डन डर्बी बराबरीमा

Read Time:2 मिनेट

आइतबार राति स्टामफोर्ड ब्रिजमा चेल्सीले टोटनहमसँग खेल्यो । लन्डन डर्बीमा थोमस टुचेल र एन्टोनियो कोन्टेको टिमबबीचको खेल प्रतिस्पर्धात्मक त थियो नै सँगै रोमान्स पनि । रोमाञ्चक बनेको खेलमा मैदान भित्र दुवै टिमबीच कडा प्रतिस्पर्धा थियो भने टच लाइनमा दुवै प्रशिक्षकको जोसिलो र आक्रामक व्यवहारले खेललाई थप रोमाञ्चक बनायो।

खेलमा दुई पटक पछि परेको अवस्था उल्टाउँदै टोटनहमले चेल्सीलाई २–२को बराबरीमा रोक्यो । खेलमा चेल्सीका लागि कालिडोउ कोलिबाली र रेइस जेम्सले गोल गर्दा टोटनहमका ह्यारी केन र पिएरे एमिल होजावर्गले गोल गरेका थिए।

घरेलु मैदानमा चेल्सीले कोलिबालीको गोलमा १९औं मिनेटमा अग्रता लियो। तर ६८औं मिनेटमा होजार्वगले टोटनहमका लागि बराबरी गोल फर्कायो ।

रिस जेम्सले ७७औं मिनेटमा गोल गर्दै चेल्सीलाई फेरि अग्रता दिलाए। चेल्सीले गोल गरेपछि खेलमा तनावपूर्ण बन्यो ।

मैदानभित्र खेलाडीले खराब ट्याकल गरिरहेका थिए भने टच लाइनमा प्रशिक्षकले त्यसको प्रतिक्रिया जनाए । टुचेल र कोन्टेबीच हात हालाहालको स्थिति अयो। रेफ्रिले दुवैलाई पहेँलो कार्ड देखाए।

खेलमा चेल्सी जित नजिक थियो। तर, अन्तिम समयमा टोटनहमले बरारबी गोल फर्कायो । इन्जुरी समयको छैठौंमा मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। लगत्तै प्रशिक्षक कोन्टेले टुचेललाई चिढ्याउने गरी सेलेब्रेसन गरे।

कोन्टेको सेलेब्रेसनबाट चिढिएका टुचेलले त्यसको प्रतिक्रिया रेफ्रिले खेल सकिएको जनाउ दिएपछि जनाए । रेफ्रिले अन्तिम ह्विसल बजाएपछि हात मिलाउँदै मैदान प्रवेश गरेका टुचेलले कोन्टेसँग हात मिलाए। टुचेलले कोन्टेको हात मज्जाले थिचे। त्यसपछि दुवैबीच तनावको सिर्जना भयो। त्यसपछि रेफ्रिले दुवैलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि वातावरण ‘कुल’ बनेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रथम राष्ट्रिय खुला बास्केटबल : आर्मीको विजयी सुरुआत
Next post अलबाले पहिलो टचमै गोल गरेपछि रियलको पुनरागमन जित
Close