अमेरिकी क्लब बिवाइएससीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

Read Time:1 Minute

विभागीय टिम एपिएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा एपिएफले अमेरिकी टिम बिवाइएससी क्लबलाई ३–१ले हरायो ।

एपीफएफको जितमा रवि थिङले २ गोल गरे भने आवास लामिछानेले एक गोल गरे। बिवाइएससीका लागि मेगल प्याराफक्सले गोल गरेका थिए।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतमी बिवाइएससीले अग्रता लियो । ४७औं मिनेटमा उसका मेगल प्याराफक्सले हेडिङमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए।

६८ औं मिनेटमा एपीएफले बराबरी गोल फर्कायो । डिबक्समा बिवाइएससीका खेलाडीले एपिएफका खेलाडीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा ्आवासले गोल गरेका थिए ।

त्यसपछि ८४औं मिनेटमा रवि थिङले एपिएफलाई अग्रता दिलाए । उनले नवीन लामाले कर्नरमा बिवाइएससीका गोलरक्षकमा डिफ्लेक्ट भएको बलमा थिङले गोल गरेका हुन्।

निर्धारित समयमा २–१को अग्रता लिएको एपिएफले अतिरिक्त समयका थप गोल गरेको थियो । अतिरिक्त समयको चौथो मिनेटमा रविले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै टिमलाई सेमिफाइनल पु¥याए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post केएल राहुल आइपिएलका सबैभन्दा महँगा खेलाडी
Next post को–को छन् आईपिएलको मेगा अक्सनमा नाम दर्ता गराउने नेपाली क्रिकेटर ?
Close