आशिष चम्किँदा एपिएफले फ्रेन्ड्सलाई हरायो

जारी सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम एपिएफ क्लबले पहिलो जित हात पारेको छ। लिगमा पहिलो जित हात पार्ने क्रममा सोमबार भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबमाथि ३–१को जित निकाल्यो।

एपिएफका जितमा राष्ट्रिय टिमका स्ट्राइकर आशिष लामाले २ गोल गरे भने बिकी लामाले एक गोल गरे। फ्रेन्ड्सका प्रिजेन तामाङले गोल गरेका थिए।

३० औं मिनेटमा बिकी तामाङको गोलमा एपीएफले सुरुआती अग्रता लियो। उनले कप्तान नवीन लामाको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट उत्कृष्ट गोल गरेका थिए।

त्यसको दुई मिनेटपछि नै एपिएफले अग्रता दोब्बर बनायो । ३२औं मिनेट आशिष लामाले नवीन पासमा गोल गरेका थिए। ५७ औं मिनेटमा आशिषले नै गोल गरेपछि व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाए ।

यस्तै, फ्रेन्ड्सका लागि प्रिजेन तामाङले ६९ औं मिनेटमा पेनाल्टी मार्फत सान्त्वना गोल गरे । एपीएफका दिपेश धिमालले पेनाल्टी एरियाभित्र जमुल एन्थोनीलाई फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो । सोही अवसरमा प्रिजेनले गोल गरेका थिए।

पहिलो जिसँगै तीनअंक जोडेको एपीएफ रेलिगेसन जोनबाट ११औं स्थानमा उक्लिएको छ । पराजित फ्रेन्डस तालिकाको पुछारमा छ ।

Facebook Comments Box