रेलिगेशन जोनबाट माथि उक्लियो एपिएफ, हिमालयन शेर्पा १–०ले पराजित

Read Time:1 मिनेट

नवौं चरणमा हिमालयन शेर्पामाथि जित निकाल्दै विभागीय टिम एपिएफ रेलिगेशन जोनबाट बाहिर निकिस्कएको छ । नवौं चरणको पहिलो खेलमा हिमानलय शेर्पामाथि १–०ले हराएसँगै एपिएफ आठौं स्थानमा उक्लिएको छ।

लागतार तीन हारबाट लिगको सुरुआत गरेको एपिएफ पछिल्ला ६ खेलमा भने अपराजित छ । लिगको दोस्रो जित निकालेको एपिएफ १० अंक जोड्दै आठौं स्थानमा उक्लेको छ। यता, हिमालयन शेर्पा ९ खेलबाट ११ अंकसहित छैटौं स्थानमै छ।

एपिएफको जितका आवास लामिछानेले निर्णायक गोल गरे। दशरथ रंगशालमा भएको खेलमा आवासले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । उनले कप्तान नवीन लामाको कर्नरमा हेडमार्फत गोल गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पिएम कप क्रिकेट : सुदूरपश्चिममाथि आर्मीको जित
Next post लुम्बिनीमाथि एफिएफको ७ विकेटको जित, अपराजित रहँदै सेमिफाइनलमा
Close