आहा रारा गोल्डकपमा एपिएफसँग मछिन्द्र स्तब्ध, सेमिफाइनलमा मछिन्द्र ३–१ले पराजित

SHARE TO:
Read Time:2 Minute

पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकपमा मछिन्द्र क्लब सेमिफाइनलमै रोकिएको छ। बुधबार पोखरा रंगशालामा भएको खेलमा मछिन्द्र विभागीय टिम एपिएफ क्लबसँग ३–१ले पराजित भएको हो।

एपीएफलाई करिब ४ वर्षपछि फाइनलमा पुर्‍याउन सनिश श्रेष्ठ, प्रदीप लामा र नविन लामाले गोल गरे। मछिन्द्रका लागि एक मात्रै गोल ओमोलाजा नुरेन करिमले गरेका थिए।

सुरुआदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलको २५औं मिनेटमा सनिसले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाए। छिरिङ गुरुङले मणि लामालाई फउल गरेपछि उनैले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई सनिशले हेडरमार्फत् गोल गरे।

४०औं मिनेटमा करिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। सविन थापाले मेसुके ओलुमोउलाई फउल गरेपछि झन्डै ३० यार्डबार्ट कप्तान रेजिन धिमालको फ्रिकिकलाई अनमार्क रहेका करिमले हेडमार्फत् गोल गरे।

७७औं मिनेटमा प्रदीपले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए। कप्तान नविनको क्रसमा गोलरक्षक अघि बढेको अवस्थामा प्रदीपले गोल गरे। ७१औं मिनेटमा मछिन्द्र १० खेलाडीमा समेटिन पुग्यो। करिनले रेफ्रीसँग विवाद गर्न गरे रेफ्री नविन्द्र महर्जनले दोहोरो पहेलो कार्ड देखाउँदै मैदान बाहिर पठाए।

इन्ज्युरी समयको सातौं मिनेटमा कप्तान नविनले गोल गर्दै एपीएफको जित सुनिश्चित गरे। आवास लामिछानेको प्रहारलाई गोलरक्षकले विफल पारेपनि रिबाउन्डमा नविनले खाली पोस्टमा सहजै गोल गरेका थिए।

अब एपीएफले उपाधिको लागि आर्मी र मनाङबीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post राष्ट्रिय टिममा नौं नयाँ अनुहार, ती को–को हुन् ?
Next post राष्ट्रिय टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचार मुद्दा, जागिरमा नक्कली प्रमाणपत्र पेस गरेको आरोप
Close