
आयोजकलाई हराउँदै एपिएफ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा
Read Time:1 Minute
२०औं संस्करणको आहा–रारा गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ। आजबाट पोखरा रंगशालामा भएको खेलमा एपिएफले आयोजक साहरा क्लबमाथि २–०को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
आयोजकविरुद्ध एपिएफलाई जित दिलाउन आभाष लामिछाने र प्रदीप लामाले गोल गरे। १४औं मिनेटमा आभाषले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। अर्मान्ड विडोमको पासमा आभाषले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए।
पहिलो हाफमा १–०को अग्रता लिएको एपिएफले दोस्रो हाफमा थप एक गोल गर्यो। प्रदीपले ६०औं मिनेटमा एपीएफको अग्रता दोब्बर बनाए । उनले रवि थिङको पासमा गोल गरेका थिए ।
अब एपीएफले क्वाटरफाइनलमा अमेरिकाको भुटानिज युथ स्पोर्टस क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।