मनाङलाई हराउँदै एपिएफले जित्यो आहा रारा गोल्डकप उपाधि

Read Time:2 Minute

२०औं संस्करणको आहा रारा गोल्डकपको उपाधि विभागीय टिम एपिएफले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ले हराउँदै एपिएफले पहिलो पटक आहा रारा गोल्डकप उपाधि जितेको हो।

निर्धारित समयको र अतिरिक्त सयमको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । पेनाल्टीमा ओलावाले हाफिज गोल गर्न चुकेपछि मनाङ सातौं पटक उपाधि जित्नबाट वञ्जित भयो। उनको प्रहार एपिएफका कोरियन गोलकिपर युया कोरियामाले रोकेका थिए ।

पेनाल्टीमा एपिएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोमले गोल गरे। यता, मनाङका फ्रेंकलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।

खेलमा अग्रता विभागीय टिमले लियो । २०औं मिनेटमा युवराज खड्काले एपिएफलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए ।

खेल सकिन ६ मिनेट अघि फ्रेंकलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा एपिएफका रवि थिङले गोल गर्दै खेलालाई अतिरिक्त समयतर्फ लगेका थिए।

उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

मनाङका ओलावाले हाफिज उत्कृष्ट स्ट्राइकर बन्दा एफिएफका रवि थिङ उत्कृष्ट मिडफिल्डर एपिएफकै राजन गुरुङ उत्कृष्ट डिफेन्डर, एपिएफकै युया कोरियामा उत्कृष्ट गोलकिपर र एपिएफकै कुमार थापा उत्कृष्ट प्रशिक्षक बने।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युभेन्टसले भित्र्यायाे सर्बियन स्ट्राइकर भ्लाहोभिच
Next post नेपाल र मसिरसबीच पहिलो हाफ बराबरीमा
Close