लाउटारो मार्टिनेज चम्किँदा भेनेजुएलामाथि अर्जेन्टिनाको सहज जित

Read Time:3 मिनेट

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ। बिहीबार भएको खेलमा लाउटारो मार्टिनेज चम्किएपछि अर्जेन्टिनाले भेनेजुएलामाथि ३–१को जित निकाल्यो।

अर्जेन्टिनाको जितमा एन्जल कोरेअ, लाउटारो मार्टिनेज र जोअक्विन कोरेआले गोल गरे भने भेनेजुएलाका यफेर्सन सोटेल्डोे गोल गरेका थिए।

खेलमा ३२औं मिनेटमै भेनेजुएला १० खेलाडीमा समेटिएको थियो। उसका एड्रियन लुइस मार्टिनेजले रातो कार्ड पाएका थिए। त्यसपछि भेनेजुएला दबाबमा परेको थियो।

पहिलो हफाको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । उनले जियोभानी लो सेल्सोको पासमा गोल गरेका थिए ।

७१औं मिनेटमा सब्सिच्युट जोआक्विन कोरेआले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ६३ औं मिनेटमा जियोभानी लो सेल्सोको स्थानमा मैदान छिरेका उनले लोउटारो मार्टिनेजको पासमा गोल गरेका थिए । ७४औं मिनेटमा अर्का सब्सिच्युट खेलाडी एन्जल कोरेआले गोल गर्दै अर्जेन्टिनालाई ३–० ले अघि बढाए ।

एन्जल कोरेआ ६२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिरेका थिए । ९०औं मिनेटमा यफेर्सन सोटेल्डोले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीको हार टार्न सकेन ।

यस्तै, बिहीबार राति नै भएका अन्य खेलमा इक्वेडरले पाराग्वेमाथि २–०को जित निकाल्दा कोलिभिया र कोलम्बिया तथा पेरु र उरुग्वेले समान १–१ गोलको बराबरी खेले।

विश्वकपको दक्षिण अमरिकी छनोटमा अर्जेन्टिना अपराजित रहँदै दोस्रो स्थानमा छ । उसले ७ खेलमा ४ जित र ३ बराबरीसहित अपराजित रहेको अर्जेन्टिना १५ अंकसहित दोस्रो स्थानमा छ भने भेनेजुएला ४ अंकसहित पुछारमा छ।

इक्वेडर १२ अंकसहित तेस्रो स्थानमा रहँदा उरुग्वे ९ अंकसहित चौथो र ९ अंक नै जोेडेको कोलम्बिया पाँचौ स्थानमा छ । यस्तै, ७ अंक जोडेको पाराग्वे छैठौं स्थानमा रहँदा समान ६ अंक जोडेका चिली ६ र बोलेभिया क्रमश सातौं र आठौं स्थानमा छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एभर्टनको गोलमा विश्वकप छनोटमा ब्राजिलको लागतार सातौं जित
Next post विश्वकप छनोट : स्वीडेनसँग हार्‍यो स्पेन, बेल्जियम र जर्मनीको सहज जित
Close