
ब्युनस आयर्समा विश्व च्याम्पियनको भव्य स्वागत
Read Time:1 Minute
विश्व च्याम्पियन अर्जेन्टिनी टिमलाई राजधानी ब्युनर्स आयर्समा भव्य स्वागत गरिएको छ । विशेष विमानबाट मंगलबार ब्युनस आयर्स पुगेको अर्जेन्टिनी टिमलाई लाखौं समर्थकले विमानस्थालमा स्वागत गरेका थिए।
विश्व च्याम्पियन टिमलाई स्वागत गर्न समर्थकहरु रातभर सडकमै जाग्राम बसेका थिए। ३६ वर्षपछि च्याम्पियन बनेको खुसीयालीमा अर्जेन्टिनामा आज सार्वजनिक विदा दिइएको छ।

समर्थकहरूले चर्को स्वरमा गीत गाउँदै राष्ट्रिय झन्डासहित टोलीलाई स्वागत गरेका छन्। ट्रफीसहित प्लेनबाट निस्किएका मेसीलाई रेड कार्पेटम स्वातग गरिएको थियो।

राजधानीका सडकमा लाखौं प्रशंसक भेला भएर राष्ट्रिय हिरोहरूलाई सम्मान गरिरहेका छन्। टोलीले पहिले अर्जेन्टिना फुटबल संघको प्रशिक्षण मैदानमा समर्थकमाझ रात बिताउनेछ।

टोलीको आगमन अघि सोमबार प्रशिक्षणस्थलमा समर्थकहरूको थामिनसक्नु भीड थियो।
