मेसीको अर्जेन्टिना कोलम्बियासँग स्तब्ध

वर्तमान फुटबलका स्टार फुटलब लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना ४६ औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको पहिलो खेलमा कोलम्बियासँग स्तब्ध बनको छ । आइतबार बिहान ब्राजिलमा भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० ले पारजित भएको हो ।

मेसी, सर्जियो अगुएरो, एन्लेज डि मारियालगात स्टार खेलाडीले भरिएको अर्जेन्टिनालाई स्तब्ध बनाउने क्रममा कोलम्बियाका लागि रोजन मार्टिनेज र डुभान जापाटाले गोल गरे ।

यी दुईबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा कोलम्बियाले गोल केही राम्रो अवसर खेर फालेको थियो । यता, अर्जेन्टिनाले भने पहिलो हाफमा कुनै राम्रो मुभ नै बनाउन सकेनन् ।

दोस्रो हाफमा भने अर्जेन्टिनाले सुधारिएको खेल प्रदर्शन ग¥यो र कोलम्बियालाई दबाबमा राख्यो । तर, खेलमा अग्रता भने कोलिम्बयाले लियो । ७१औं मिनेटमा मार्टिनेजले एकल प्रयासमा उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि पनि खेलमा पकड अर्जेन्टिनाकै थियो । ऊ केही राम्रा अवसरलाई गोलमा परिणत गर्न असफल भयो । ८६औं मिनेटमा जापाटाले गोल गर्दै कोलम्बियाको अग्रतालाई दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अभियानमा रहेका मेसीलाई पहिलो खेलमै झड्का लाग्यो ।

खेलमा अर्जेन्टिनाले ५४ प्रतिशत बल पोजेशन बनाएको थियो । उसले कोलम्बियाको पोस्टमा १३ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो । यता कोलम्बियाले भने ८ मध्ये २ सटमात्र फ्रेममा प्रहार गरेको थियो ।

अर्जेन्टिना, कतार, कोलम्बिया र पाराग्वेसँगै प्रतियोगिताको समूह बीमा छ । अब उसले आगामी बिहीबार पराग्वेसँग खेल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.