अर्जेन्टिनमा सबै फुटबल गतिविधि स्थागित, कोपा अमेरिका प्रभावित हुन सक्ने

काेरोना भाइरसको दोस्रो लहर फैलिएपछि अर्जेन्टिनमा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको छ। अर्जेन्टिना फुटबल एसोसियसनले एक विज्ञप्ति निकाल्दै कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको भन्दै सम्पूर्ण फुटबल गतिविधि स्थगित गर्ने निर्णय गरेको हो।

एसोसियसनको यस्तो निर्णयसँगै आगमी महिना हुने कोपा अमेरिका फुटबल पनि प्रभावित हुन सक्ने देखिएको छ। सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका कोरोना भाइरसको महामारीको कारण एक वर्षपछि सारिएको थियो ।

कोपा अमेरिका १३ जुनदेखि १० मेसम्म अर्जेन्टिनामा आयोजना हुने तालिका छ।

यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको थियो । तर, कोलम्बियामा सरकार विरोधी आन्दोलन चर्किपछि शुक्रबार मात्र कोलम्बियाले प्रतियोगिताको सहआयोजकबाट नाम फिर्ता लिएको थियो।

Facebook Comments Box