मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ। बिहीबार राति भएको खेलमा लियोनल मेसीले करिअरकै सबैभन्दा छिटो गोल गरेपछि अर्जेन्टिनाले अस्ट्रेलियामाथि २–०को जित निकाल्यो।
चीनको बेइजिङमा भएको खेलमा मेसीले १ मिनेट १९ सेकेन्डमै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यो मेसीको करियरकै छिटो गोल हो। खेलको पहिलो हाफ १–०मै सकियो।
६८औैं मिनेटमा जर्मेन पेज्जेलाले गोल गरे गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा अर्जेन्टिना विजयी भयो।
खेलमा ५६ प्रतिशत बल पोजेसन बनाएको अर्जेन्टिनाले ११ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो। यता, अस्ट्रेलियाले ७ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो।