कोपा अमेरिकामा अर्जेन्टिनाको कठीन जित

ब्राराजिलमा भइरहेको कोपा अमेरिकामा अर्जेन्टिना विजयी भएको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १–०को कठीन जित निकालेको हो।

यो अर्जेन्टिनाका तीन खेलपछिको पहिलो जित हो । यसअघि उ विश्वपक छनोट र कोपा अमेरिकाको पहिलो खेलमा बराबरीमा रोकिएको थियो । अर्जेन्टिनाको जितमा गुइडो रोड्रिगेजले १३औं मिनेटमा निर्णायक गोल गरे । ब्रासिलियास्थित स्टाडिओ नासिओनालमा उनले कप्तान लिओनल मेसीको पासमा गोल गरेका थिए ।

४७औं संस्करणको कोपा अमेरिकामा अर्जेन्टिनाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग १–१ को बराबरी खेलेको थियो ।

यसैगरी शनिबार बिहानै भएको अर्को खेलमा चिलीले बोलिभियालाई १–० ले नै पराजित गरेको छ । एरेना पान्तानालमा भएको खलमा चिलीका लागि खेलको १०औं मिनेटमा बेन ब्रेरेटनले निर्णायक गोल गरे । उनले एडुवार्डो भर्गासको पासमा गोल गरे।

Facebook Comments Box