आर्जेन रोबेनले लिए फुटबलबाट सन्न्यास

नेदरल्यान्ड्स तथा बायर्न म्युनिखका लेजेन्ड आर्जेन रोबेनले फुटबलबाट सन्न्यास लिएका छन् । ३७ वर्षे डच फरवार्ड रोबेनले बिहीबार आफ्नो बुट बिसाउने घोषणा गरेका हुन् ।

रोबेन अहिले आफ्नै बाल्यकालको क्लब एफसी ग्रोनिनबाट खेलिरहेका थिए। सन् २०१९मा जर्मन क्लब बायर्न म्युनिख छाड्दै रोबनेले फुटबलबाट सन्न्यास लिएका थिए। एक वर्षपछि सन्न्यास फिर्ता लिँदै उनी ग्रोनिनमा आबद्ध भएका थिए।

नेदरल्यान्ड, इंग्ल्यान्ड, स्पेन र जर्मनी गरी युरोपका शीर्ष लिगमा खेल्दै सबै लिगमा च्याम्पियन बनेका रोबेनले राष्ट्रिय टिमबाट भने २०१७ मै सन्न्यास लिएका थिए । विश्वकप २०१८ मा नेदरल्यान्ड्सलाई छनोट गराउन असफल भएपछि रोबेनले राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका थिए । रोबेनले २०१० को विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेका थिए ।

१० वर्षदेखि जर्मन जायन्ट बायर्न म्युनिखबाट खेलिरहेका रोबेनले ८ पटक क्लबलाई बुन्डेसलिगा च्याम्पियन बनाएका छन् । यस्तै, २०१२–१३ को च्याम्पियन्स लिग फाइनलमा उनले निर्णायक गोल गर्दै बायर्नलाई युरोपको च्याम्पियन बनाएका थिए ।

रोबेनले चेल्सी, रियल मड्रिड र बायर्न म्युनिखबाट कुल ६०२ खेल खल्दै २०९ गोल तथा १५८ एसिस्ट गरेका छन् । यस्तै, राष्ट्रिय टिमबाट ९६ खेलमा देशको प्रतिनिधित्व गरेका रोबेनले ३७ गोल गरेका छन् ।

Facebook Comments Box