थ्री स्टारसँग रोकियो आर्मी, उपाधि होडबाट टाढिँदै

Read Time:1 Minute

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको उपाधि दाबेदार टिम त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ। आइतबार भएको खेलमा आर्मी र थ्री स्टार क्लबसँग गोरहित बराबरीमा रोकिएको हो।

यो बराबरीसँगै आर्मी उपाधि होडबाट विस्तारै टाढिन थालेको छ। आर्मीले सातौं चरणपछि शीर्ष स्थानमा रहेर एएफसी कप क्वालिफायर खेल्ने सम्भावना समेत सकिएको छ ।

आर्मी शीर्ष स्थानको मछिन्द्रभन्दा ४ अंकले पछि परेको छ। ६ खेलमा १० अंक जोड्दै उ चौस्रो स्थानमा छ। चौथो बराबरी नै खेलेको थ्री स्टार ६ खेलबाट ७ अंक जोडेर सातौं स्थानमा उक्लेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाउनु पर्‍यो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post श्रीलंकासँगको हारसँगै एसिया कपबाट बाहिरियो नेपाल
Next post लागतार तेस्रो जितसँगै नेपाली महिला भलिबल टिम फाइनलमा
Close