फ्रेन्ड्समाथि आर्मीको जित, तेस्रो स्थानमा उक्लियो

सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ। शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा आर्मीले रेलिगेसन जोनको फ्रेन्ड्स क्बलमाथि ३–१को सहज जित निकाल्यो ।

आर्मीको जितमा जगजित श्रेष्ठ, सुमन अर्याल र दिनेश हेम्जनले गोल गरे भने फ्रेन्ड्सका जमाउल एन्थोनीले गोल गरेका थिए।

खेलमा आर्मीले सुरुआतमै अग्रता लियो । १०औं मिनेटमा जगजित श्रेष्ठनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। ४४औं मिनेटमा दिनेश हेम्जनले गोल गरेपछि पहिलो हाफमा आर्मीले २–)को अग्रता लियो ।

तर, दोस्रो हाफको सुरुआतमै गोल गर्दै फ्रेन्ड्सले खेलमा फर्कने प्रयास ग¥यो । विदेशी खेलाडी एन्थोनीले ४७औं मिनेटमा गोल गरेका थिए। ७१औं मिनेटमा डिफेन्डर सुमन अर्यालले गोल गरेपछि आर्मीले सहज ३–१को जित निकाल्यो ।

यो जितसँगै आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। अपराजित रहेको आर्मीले ९ खेलमा १७ अंक जोडेको छ। ऊ दोस्रो स्थानको मनाङभन्दा २ र शीर्ष स्थानको मछिन्द्रसँग ३ अंकले मात्र पछि छ। यता, जितबिहीन रहेको फ्रेन्ड्स भने ३ अंकसहित पुछारमा छ।

Facebook Comments Box