आर्मीले एनआरटीलाई हरायो

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ। शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा आर्मीले न्यूरोड टिम (एनआरटी)माथि १–० को संघर्षपूर्ण जित निकाल्यो।

आर्मीको जितमा पहिलो हाफमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोल नै निर्णायक बन्यो। उनले १७औं मिनेटमा जगजित श्रेष्ठको पासमा हेडमार्फत गोल गरेका थिए।

जितसँगै अपराजित आर्मी ८ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा यथावत् छ। समान १४ अंक रहेपनि आर्मी संकटासँग पछि परेको छ। लिगमा दोस्रो हार बेहोरेको एनआरटी १० अंकसहित सातौं स्थानमा छ।

Facebook Comments Box