सातदोबाटोलाई हराउँदै आर्मी झापा गोल्डकपको फाइनलमा

Read Time:1 मिनेट

सातदोबाटो युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँ झापामा जारी पाचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

आर्मीको फाइनल यात्राका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल फर्कायो ।

खेलको २७ औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गर्दै अग्रता दिलाएका एि । सतदोबाटोका लागि दिपकराजसिंह ठकुरीले गोल गरे ।

पहिलो हाफ १–१ को बराबरी रहेको खेलको दोस्रो हाफमा आर्मीले ३ गोल गर्‍यो । खेलको ६० औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पुर्‍याए । ८० औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे ।

८४ औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ४–१ ले बिजयी भयो । शनिबार दोस्रो फाइनल खेल आयोजक झापा–११ र संकटा क्लबबीच हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१८ साफ च्याम्पियनसिपका लागि नेपाली टिमको बिदाई
Next post खप्तड गोल्डकपको उपाधिका लागि मनाङले फ्रेन्ड्सको सामाना गर्दै
Close