आर्मीले जित्यो हेटौंडा गोल्डकप उपाधि

विभागीय टिम त्रिभुवन आर्मी क्लबले शहीद स्मृति हेटौंडा गोल्डकपको उपाधि जितेको छ । शनिबार हेटौंडामा भएको फाइनलमा मकवानपुर–११ लाई १–० ले आर्मीले उपाधि जितेको हो।

आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले निर्णायक गोल गरे । उनले ३८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ जित्यो भने मकवानपुरले ५ लाख रुपैयाँ पायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै मकवानपुरका अमिर श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकल प्राप्त गरे ।

यस्तै, मकवानपुरकै रञ्जन विष्ट उत्कृष्ट फरवार्ड, आर्मीका दिपक गुरुङ उत्कृष्ट डिफेन्डर, आर्मीकै सेसेहाङ आङदेवे उत्कृष्ट मिडफिल्डर बने भने आर्मीकै विवश चौधरी उत्कृष्ट गोलकिपर र नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.