आर्सनल घरमै पारजित, म्यान्चेस्टर सिटी र लिभरपुलले खेले बराबरी

Read Time:3 Minute

इंग्लिस प्रिमियर लिग फुटलमा आर्सनल घरमै पराजित हुँदा म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमा एस्टन भिल्लासँग ३–०ले पराजित हुँदा सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेले ।

ओली वाट्किन्स चम्किएपछि आर्सनल घरेलु मैदानमै एस्टनसँग स्तब्ध भएको हो । इमिरेट्स स्टेडियममा पहिलो मिनेटमै एस्टनका जोनले गोल गरेका थिए । तर, भीएआरको सहायतामा उनको गोल अफसाइड देखिएको थियो ।

२५औं मिनेटमा आर्सनलका बुकायो साकाले आत्मघाती गोल गर्दा एस्टन भिल्लाले सुरुवाती अग्रता लियो । पहिलो हाफ १–० मै सकियो। ७२औं मिनेटमा वाट्किन्सले गोल गर्दै एस्टन भिल्लाको अग्रता दोब्बर बनाए । ७५औं मिनेटमा वाट्किन्सले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टन भिल्लालाई ३–० को जित दिलाए ।

यसैगरी लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १–१ गोलको बराबरी खेलेका हुन्।

खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । सिटीका डिफेन्डर केल वाल्करले साडियो मानेलाई डिबक्समा फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । ३१औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १(१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ४२ औं मिनेटमा सिटीले अग्रता बनाउने मौका पाएको थियो । तर, सिटीका केभिन डे ब्रुयनले पेनाल्टीमा गोल गर्न सकेनन् । लिभरपुलका जोसेप गोमेजले पेनाल्टी बक्सभित्र हातले बल रोकेपछि सिटीले पेनाल्टी पाएको थियो । डे ब्रयनको प्रहार बाहिरिएको थियो ।

घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ । सिटी लिगको ११ औं स्थानमा रहेको छ । बराबरीसँगै लिभरपुलले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।

जितसँगै एस्टन भिल्ला छैटौं स्थानमा उक्लिएको छ । उसको ७ खेलमा १५ अंक जोडेको छ । आर्सनल लिगको ११ औं स्थानमा रहेको छ । आर्सनलले ८ खेलमा १२ अंक जोडेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

20 thoughts on “आर्सनल घरमै पारजित, म्यान्चेस्टर सिटी र लिभरपुलले खेले बराबरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अन्तिम मिनेटमा सम्हालिन नसक्दा रोकियो युभेन्ट्स
Next post दिल्ली पहिलोपटक आईपिएलको फाइनलमा
Close